लम्साल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त

हेटौडा न्युज
११ फाल्गुन २०८१, आईतवार २२:१२
;

मकवानपुर/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा.डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले आइतबार प्रा.डा. लम्साललाई शिक्षाध्यक्ष नियुक्त गरेकि हुन् । प्रतिष्ठानको शिक्षाध्यक्षको कार्यकाल ४ हुने प्रावधान छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफ (१) अनुसार लम्साल शिक्षाध्यक्ष नियुक्त भएका हुन् । यसअघि गत वैशाखमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन भएका लम्साल एक वर्ष पनि नबित्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका हुन् । यसअघिका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले राजिनामा दिएपछि प्रतिष्ठानमा सो पद रिक्त रहँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*