लेबनानलाई हराउँदै नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा

हेटौडा न्युज
८ फाल्गुन २०८१, बिहीबार २२:२४
;

मकवानपुर/लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा लेबनानाई पराजित गरेपछि एक खेल अगावै नेपाल फाइनलमा प्रवेश गरेको हो । चार राष्ट्र सहभागी प्रतियोगितामा अब उपाधीका लागि नेपालले म्यानमारको सामना गर्नेछ ।
नेपाल र म्यानमारले लगातार दुई जीतबाट समान ६ अङ्क जोडेका छन् । बिहीबारै भएको अर्को खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो । लगातार दुई हारपछि लेबनान र कीर्गिस्तान भने उपाधी होडबाट बाहिरिएका छन् ।


नेपालको जीतमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४२औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडीमा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो ।
आइतबार औपचारिकतामा सीमित लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तान खेल्ने छन् ।
नेपाल र म्यानमारबीच फाइनल खेल आउने बुधबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*