यामाहा माइलेज च्यालेन्जको विजेता बनिन् सेफाली

हेटौडा न्युज
२६ माघ २०८१, शनिबार १८:५०
;

मकवानपुर/यामाहा मोटरसाइकलको मकवानपुरका लागि आधिकारिक विक्रेता राज मोटर्सले स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता गरेको छ । यामाहाको रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटरको माइलेज च्यालेन्जमा हेटौँडाकी सेफाली भट्टाचार्य विजेता बनेकी छिन् ।

शनिबार राज मोटर्स, हेटौँडाबाट मकवानपुरगढीमा रहेको होटल गढी भ्यु एन्ड रिसोर्टसम्म र्‍यालीको आयोजना गरी माइलेज च्यालेन्ज गरिएको थियो । र्‍याली हेटौँडा नगरका विभिन्न भागको परिक्रमा गरी कान्तिलोकपथ हुँदै गढी भ्यु रिसोर्टमा पुगेर टुङ्गिएको थियो । २४ जना सहभागी प्रतियोगितामा भट्टाचार्य ७३.३३ किलोमिटर प्रतिलिटरको माइलेजसहित विजेता घोषित भएकी हुन् । यस्तै शम्भुप्रसाद खनाल फर्स्ट रनर अप तथा सुजन घिमिरे सेकेन्ड रनर अप घोषित भए ।

गढी भ्यु रिसोर्टमा एक कार्यक्रमको आयोजना गर्दै सहभागीहरूलाई अन्य विविध मनोरन्जनात्मक कार्यक्रममा समेत सहभागी गराइएको थियो । सहभागीहरूका लागि आयोजित म्युजिकल चेअरमा राज कार्की, तातो आलु खेलतर्फ राम खरेल र घैँटो फुटाउने प्रतियोगितामा सुजल भट्टराई विजेता भए । कार्यक्रममा विजेताहरूलाई राज मोटर्स, हेटौँडाका सञ्चालक राजन श्रेष्ठ एवम् एन्जिला श्रेष्ठ, यामाहा मोटरसाइकलको नेपालका लागि विक्रेता एमएडब्लु राइड्सका क्षेत्रीय बिक्री प्रबन्धक मणिभुषण चौधरी र इन्जिनियर जीतेन्द्र प्रसाद कहारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

राज मोटर्सले वार्षिक दुईपटक यस प्रकारको माइलेज च्यालेन्ज गर्दै आएको जानकारी दिए । साथै छिट्टै यामाहाका मोटरसाइकल चालकहरूका लागि पनि कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको श्रेष्ठले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*