कथा चौतारीमा बालबालिकाका कथा

हेटौडा न्युज
१३ माघ २०८१, आईतवार १९:५३
;

मकवानपुर/हेटौँडा १८, हर्नामाडीमा रहेको मकवानपुर बाल विद्या सदनमा बालबालिकाहरूको कथा चौतारी सुरु भएको छ । प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरूले आफ्ना सिर्जनाहरूलाई किताबका रुपमा प्रस्तुत गर्ने कार्यक्रममा आइतबार कक्षा १ का बालबालिकाहरूका प्रतिभा प्रस्तुत भएका छन् ।

बालबालिकाहरूको पठन संस्कृतिको विकासका लागि पछिल्लो समय विविध क्रियाकलाप गर्दै आइरहेको विद्यालयले अभिभावकहरूको प्रत्यक्ष सहभागितामा ‘कथा चौतारी’ नाम दिएर कार्यक्रम सुरु गरेको हो । यसअघि शिक्षकहरूलाई नै कथा लेखनसम्बन्धी प्रशिक्षण दिएर विद्यालयले बालबालिकामा कथा लेखनको अभ्यास सुरु गरेको थियो । यसबाट बालबालिकाहरूको आत्मविश्वासका साथै कथा वाचनको सीप विकास गर्ने विद्यालयले लक्ष्य लिएको छ ।

आइतबारको कार्यक्रममा कक्षा १ मा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीले आफ्नो प्रस्तुति राखेका थिए । सानै उमेरमा बालबालिकाले आत्मविश्वासका साथ मञ्चमा प्रस्तुत भएको भन्दै अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।

बुधबारसम्म चल्ने ‘कथा चौतारी’मा कक्षा ५ सम्मका बालबालिकाले क्रमैसँग आफ्ना सिर्जना प्रस्तुत गर्ने विद्यालयका संस्थापक प्रिन्सिपल सुदिपराज गिरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*