आजबाट हेटौंडा बसपार्कमा “दोस्रो घरेलु उत्पादन प्रदर्शनी” शुरु

हेटौडा न्युज
११ माघ २०८१, शुक्रबार १६:४३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा दोश्रो घरेलु उत्पादन तथा शैक्षिक मेला शुरु भएको छ । भोलि माघ १२ गतेसम्म हुने सो कार्यक्रमको बागमती प्रदेशमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभारम्भ गरेका थिए ।


स्थानीय उत्पादित वस्तुको प्रबर्द्धन, बजारीकरण गर्दै स्वरोजगार हुन उत्प्रेरित गराउन कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष फुर्बा दोर्जे लामाले जनाएका छन् । मेलामा हेटौंडा उपमहानगरका १९ वटै वडाहरुमा उत्पादित वस्तु सहित विभिन्न हस्तकला सामग्री, कृषि उपजहरुको प्रदर्शनी, शैक्षिक सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने छ । नेपाली मौलिक संस्कृति झल्किने नृत्य, भेषभुषासहितको साँस्कृतिक प्रतियोगिता गरिएको छ । हेटौंडास्थित बसपार्कमा भईरहेको मेलामा सहभागिहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*