यू-१९ महिला विश्वकपको समूह चरणबाट बाहिरियो नेपाल

हेटौडा न्युज
९ माघ २०८१, बुधबार १६:४१
;

मकवानपुर/नेपाल आइसिसी यू-१९ महिला विश्वकप २०२५ को समूह चरणबाट बाहिरिएको छ । समूह ‘डी’ को तीनवटै खेलमा पराजय व्यहोरेसँगै नेपालका लागि यू-१९ विश्वकपको यात्रा टुंगिएको हो । समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको नेपाल अङ्कतालिकामा खाता नखोली बिदा भयो

मलेसियामा जारी प्रतियोगितामा बुधबार अस्ट्रेलियाले दिएको १४० रनको  लक्ष्य पछ्याउने क्रममा नेपाली टोली ८ विकेटको क्षतिमा ५६ रनमा सीमित भयो । नेपालका लागि कप्तान पूजा महतोले १८ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाकी हसरत गिल, मोर्टन  र लिलीले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । त्यसक्रममा काओम्ही ब्रेले ४५ रन बनाइन्  भने लारोसाले ३१ र  हसरत गिलले नटआउट ३० रन बनाइन् ।

बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा ३ विकेट लिँदा सीमाना केसीको नाममा २ र रिया शर्माको नाममा १  विकेट रह्यो ।

पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

प्रतियोगितामा अब नेपालले १३ देखि १६ औं स्थानको प्लेअफ खेल्ने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*