मेयर हर्क साम्पाङ र खानेपानी मन्त्री यादवबीच भेटवार्ता

धरानमा यसैवर्ष खानेपानी योजनाको टेण्डर हुने
हेटौडा न्युज
८ माघ २०८१, मंगलवार १४:२५
;

काठमाडौं । धरान उपमहानगरपालिकाको खानेपानी समस्या लिएर सिंहदरबार पुगेका मेयर हर्क साम्पाङ राईले खानेपानी मन्त्री प्रदीप यादवसँग आज मंगलबार सिंहदरबारमा भेट गरेका छन् । उपमहानगरको खानेपानी समस्या समाधानको मागसहित मेयर साम्पाङ खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यसै वर्षभित्र खानेपानी योजनासम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता गरेका छन् । खानेपानी योजनाका लागि आवश्यक जग्गा प्राप्तिको समन्वय उपमहानगरले गर्ने भएको छ ।

उपमहानगरको खानेपानी समस्या समाधानको माग लिएर विरोध स्वरुप रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न लागेका मेयर साम्पाङलाई उनले लगेको गाग्री प्रहरीले सिंहदरबारभित्र लैजान रोक लगाएर मेयर साम्पाङलाई मात्रै सिंहदरबार प्रवेश गर्न दिएको थियो । हिजो सोमबार काठमाडौं आएका मेयर साम्पाङले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि भेट्न जाने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*