यू-१९ महिला विश्वकपमा नेपालको खराब सुरुवात

पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित
हेटौडा न्युज
५ माघ २०८१, शनिबार २१:२०
;

मकवानपुर/आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

पहिलो पटक विश्वकप खेल्दै गरेको नेपाली महिला टोलीका ५ खेलाडी रनआउट हुँदा नेपालले बङ्गलादेशलाई जम्मा ५३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

बङ्गलादेशका लागि साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ रचना उपाध्याय, रिया शर्मा, सिमाना केसी र पुजा महतोले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १६ रन र सिमाना केसीले १० रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट तथा निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक/एक विकेट लिए।

नेपालले अब सोमबार स्कटल्याण्ड र बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*