हेटौंडा वडा नम्बर–५ बालमैत्री वडा घोषणा हुँदै

हेटौडा न्युज
४ माघ २०८१, शुक्रबार ०८:५१
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासनयुक्तका लागि आवश्यक ५१ सूचक मध्ये अधिकांश सूचक पूरा गरेकाले आउँदो माघ ५ गते शनिबार ५ नम्बर वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएको वडाध्यक्ष शुशिल घिमिरेले बताएका छन् ।

हिजो गरिएको पत्रकार सम्मेलनमा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको वडाध्यक्ष घिमिरेको भनाई थियो ।

३ हजार ७ सय ९८ जनसंख्या रहेको यस वडामा बालिका १ हजार ७ सय ८२ र बालक २ हजार १६ जना रहेका छन् । सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय रहेको यस वडामा २४ वटा बाल समूह र एक वडास्तरीय बाल समूह सञ्जाल रहेको छ । जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने संरचनागत समितिहरुमा समेत गरी जम्मा ६ सय ४६ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*