हेटौंडा बसपार्कमा दोस्रो घरेलु उत्पादन प्रदर्शनी हुने

हेटौडा न्युज
२ माघ २०८१, बुधबार १७:२४
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को कार्यालयले दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । आज वडा कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा माघ ११ र १२ गते प्रदर्शनी कार्यक्रम सञ्चालन हुने जानकारी दिईएको थियो ।

स्थानीय उत्पादित वस्तुको प्रबद्र्धन, बजारीकरण गर्दै स्वरोजगार हुन उत्प्रेरित गराउन कार्यक्रमको आयोजना गर्न लागिएको वडाका अध्यक्ष फूर्वा दोर्जे तामाङ्गले जानकारी बताएका छन् । उपमहानगरका १९ वटै वडाहरुका निशुल्क १ सय स्टलमा हस्तकला, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री गरिने बताईएको छ ।

प्रदर्शनी स्थलमा स्थानीय जातजातिको भेषभुषा र सँस्कृति झल्किने साँस्कृतिक प्रतियोगिता समेत गरिने बताईएको छ । प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरु गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*