हेटौंडामा व्यापार महासंघको अन्तर्क्रिया

हेटौडा न्युज
१३ पुष २०८१, शनिबार १३:०५
;

मकवानपुर । नेपाल उद्योग व्यापार महासंघ, मकवानपुरको आयोजनामा नेपालमा लगानी हिजो आज र भोलि विषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा डिपी ढकालले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तर्क्रियामा कमजोर पूँजी र प्रविधिका विच उद्योगहरु सञ्चालनमा रहेकाले कारण सञ्चालनमा रहेका उद्योगहरु विद्यमान नीतिमै सुरधारको आवश्यकता औल्याईएको थियो ।

राज्यद्वारा संरक्षित औद्योगिकरण र कृषिलाई प्राथमिकतामा राख्नु पर्ने कार्यपत्र प्रस्तुत गरिएको थियो । एक प्रदेश एक उत्पादन केन्द्र र एक पालिका एक विशिष्ट उत्पादन केन्द्रको निर्माण गरी रोजगारी सृजनामा ध्यान दिनु पर्नेमा जोड दिईएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसहित विभिन्न उद्योग सम्बद्ध प्रतिनिधि, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय स्वदेशी उद्योग कलकारखाना धरायशी बन्दै गएका छन् भने, उद्योगलाई आवश्यक कच्चा पदार्थहरु विदेशबाट ल्याउनु पर्ने बाध्यता, दक्ष प्राविधिक कामदार बाहिरबाट ल्याउनु पर्दा उत्पादन लागत बढ्न गई विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न कठिनाई हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*