वर्षाले रोक्यो नेपाल र भारतबीचको खेल

एसिसी यू-१९ महिला एसिया कप
हेटौडा न्युज
२ पुष २०८१, मंगलवार १६:५५
;

मकवानपुर/एसिसी यू-१९ महिला एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले विथोलेको छ । अन्तिम खेलअघि नै सुपर-४ मा स्थान सुरक्षित गरिसकेका दुई देशबीचको खेल नतिजाबिहीन बन्दा भारत नेट रनरेटका आधारमा समूह विजेता बनेको छ ।

मंगलबार भएको खेलमा टस जितेर भारतीय टोलीले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोड्दा एलिशा कुमारी यादवले ९ बलमा ४ चौकाको मदतले २० रन जोडेकी थिइन् । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतकी परुनिका सिसोदियाले घातक बलिङ गर्दै १२ रन खर्चेर ४ विकेट लिएकी थिइन् ।

भारतीय खेलाडीहरूले विस्फोटक ब्याटिङ गर्दै ३.१ ओभरमा २८ रन जोड्दा वर्षाले खेल स्थगित भएको थियो ।

नेपालले अब सुपर-४ अन्तर्गत बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*