नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा

रनरेटका आधारमा बाहिरियो काठमाडौं गुर्खाज
हेटौडा न्युज
१ पुष २०८१, सोमबार १२:२८
;

मकवानपुर/सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम खेलसँगै प्लेअफ समीकरण पूरा भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै लिगको शीर्षस्थानमा रह्यो । रोयल्सले ७ मध्ये ६ खेलमा जीत हात पार्दै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले १० अंक जोडेको छ ।

चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजको समान ८ अंक रहे पनि नेट रनरेटका आधारमा राइनोज तेस्रो र याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो ।

अब बुधबार हुने पहिलो क्‍वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । तेस्रो र चौथो भएका चितवन राइनोज र कर्णाली याक्स इलिमिनेटरमा भिड्ने छन् ।

इलिमिनेटर जित्ने टोली दोस्रो क्‍वालिफायरमा पुग्‍नेछ भने हार्ने टोली बाहिरिने छ । यस्तै पहिलो क्‍वालिफायर जित्‍ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्दा हार्ने टोलीले फाइनल पुग्‍नका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्‍वालिफायर सामना गर्नु पर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*