प्याब्सन हेटौँडामा पुनः श्रेष्ठ

हेटौडा न्युज
३० मंसिर २०८१, आईतवार २०:२१
;

मकवानपुर/नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) हेटौँडाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । प्याब्सन नगर कार्यसमिति हेटौँडाको आइतबार सम्पन्‍न छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । उनी सनराइज इंग्लिस बोर्डिङ स्कुल, पदमपोखरीका संस्थापक प्रिन्सिपल हुन् ।

दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका श्रेष्ठले अघिल्लो कार्यकालमा भएका कमीकमजोरीहरूलाई सुधार्दै नीजि तथा संस्थागत विद्यालयहरूको संस्थागत विकासका लागि लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै अधिवेशनबाट ज्ञानोदय बालवाटिका आवासिय मावि, पिप्लेका श्यामकुमार बानियाँ उपाध्यक्ष तथा मकवानपुर बाल विद्या सदन, हर्नामाडीका सुदीपराज गिरी सचिव चयन भएका छन् । कोषाध्यक्षमा सुनगाभा शिक्षा सदन, चौघडाका अरुण पराजुलीका साथै सदस्यहरूमा फेमकोल एकेडेमीका कविता मुडभरी, कमाने एकेडेमीका शंकर खत्री र मकवानपुर एभरेष्ट इंग्लिस स्कुलका दिलबहादुर थापा सर्वसम्मत भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*