किवानिज क्लव अफ हेटौडाको अध्यक्षमा पौडेल
मकवानपुर । किवानिज क्लव अफ हेटौडा नेपालको चौथो पद हस्तान्तरण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव अफ हेटौडा बर्ष २०२३÷२४ का अध्यक्ष सुवर्ण केशर लामिछानेले बर्ष २०२४/२५ को लागि गंगा प्रसाद पौडेललाई पद हस्तान्तरण गरेका छन् ।
किवानिज क्लव अफ हेटौंडा बर्ष २०२३/२४ का अध्यक्ष सुवर्ण केशर लामिछानेको सभाध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि किवानिज ईन्टरनेशनल नेपाल का ईमिडिएट पास्ट डिष्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले सन् १९१५ मा स्थापित किवानिज अभियान नेपालको बारेमा जानकारी गराएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट सचिव शिव बहादुर काफ्लेले क्लवले १८ बर्ष मुनिका बालबालिकाको शिक्षा ,स्वास्थ्य , खेलकुद , नेतृत्व विकास र वातावरण को क्षेत्रमा काम गरिरहेको बताएका थिए । कार्यक्रममा किवानिज क्लवअफ हेटौंडाका मानार्थ सदस्य तथा हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेले किवानिज क्लवको उद्देश्य र यसको कार्यशैली पृथक रहेकोले आफू पनि यो अभियानमा जोडिएको बताएका थिए ।
किवानिज ईन्टरनेशनल नेपाल डिस्ट्रिक्टका भाईस गभर्नर रामहरि सुवेदी, किवानिज चाईल्ड फन्ड नेपालका चेयर गोपिमान श्रेष्ठ, हेटौडा उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष दामोदर गौतम , किवानिज क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष तीर्थ पराजुली लगायतको उपस्थिति रहेको थियो । किवानिज डिभिजन –३ साउथका लेफ्टिनेन्ट गभर्नर डा.अनुपमा श्रेष्ठबाट नवनिर्वाचित कार्यसमिति लाई सपथ गराईएको थियो ।