बागमती प्रदेश लोकसेवाद्वारा ५ बर्षे कार्यसम्पादन सार्वजनिक
मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगले आफ्नो पाँचौं स्थापना दिवसमा ५ बर्षे कार्यसम्पादन सार्वजनिक गरेको छ । आयोगको पाँच बर्षे कार्यकालमा पारदर्शीता, निष्पक्षता र समावेशीताको हालको प्रणालीलाई अझ व्यवस्थित गर्नका लागि आएका चुनौति बारे चर्चा पनि गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आयोगले आफ्ना कार्यहरूमा निष्पक्षता र पारदर्शितालाई प्राथमिकतामा राखेर प्रदेशको प्रशासनिक क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको प्रति प्रशंसा व्यक्त गरेका थिए । त्यस्तै मुख्यमन्त्री बहादुरसिंह लामाले आयोगको स्वायत्ता नै आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए ।
आयोगकी सदस्य शर्मीला नेउपानेले आयोगको वार्षिक प्रतिवेदनमा उपलब्धि र पारदर्शीताको लागि निष्पक्ष प्रणालीलाई स्थापित गर्न आएको चुनौतीहरू बारे जानकारी गराएकी थिईन । आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठक, उपसभामुख अप्सरा चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द लामिछाने, उद्योग, वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङ्ग, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालको उपस्थिति रहेको थियो ।