बाढी पीडितलाई लत्ताकपडा सहयोग

हेटौडा न्युज
११ कार्तिक २०८१, आईतवार १३:२४
;

मकवानपुर । जिल्ला लघु उद्यमी समूह (डिमेगा) मकवानपुर ले सिन्धुलीको हरिहरपुरगढीमा गत असोज १२ मा आएको बाढी पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । बागमती प्रदेशकी उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको उपस्थितिमा डिमेगाका मकवानपुर अध्यक्ष दीपेन्द्र रोक्कासहितले पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकरालाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।


सहयोग सामग्री हस्तान्तरणका क्रममा मन्त्री तामाङले प्रदेश सरकारले पुनर्निमाणको कार्यलाई प्राथमिकतामा राखेको बताएकी थिईन् । सहयोग सामग्री पालिकाको बाढीपहिरो प्रभावित हरिहरपुरगढी गाउँपालिकाका १ र ३ नम्बरका स्थानीयलाई १ सय २० जनाको लागि आवश्यक तयारी कपडा वितरण गरिएको डिमेगाकी मकवानपुर सचिव मेनुका श्रेष्ठले जानकारी दिएकी छिन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको समन्वयमा सहयोग सामग्री वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*