१ सय केजी लागूऔषध गाँजासहित १ जना पक्राऊ

हेटौडा न्युज
८ कार्तिक २०८१, बिहीबार १७:२०
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषध गाँजा १ सय ५ किलो सहित १ जनालाई पक्राऊ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ बाट बागमती प्रदेश ०१–०२५ च ७८७१ नं. को पिकअप भ्यानमा लुकाएर राखेको अवस्थामा हेटौंडा–३ का पञ्चलाल थिङलाई पक्राऊ गरेको छ । प्रहरीले उक्त गाडीमा ३ वटा बोरा भित्र रातो प्लाष्टिकले बेरिएको १० वटा पोकामा १ सय ५ किलो ६९ ग्राम लागू औषध गांजा फेला पारेको थियो । पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण २०३३ बमोजिम कार्वाही अघि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*