भोलिबाट हेटौंडामा जेसीज सप्ताह हुने

हेटौडा न्युज
५ कार्तिक २०८१, सोमबार १६:२१
;

मकवानपुर । जेसीज सप्ताह २०२४ को अवसरमा हेटौंडामा भोलि कात्तिक ६ गतेबाट विभिन्न कार्यक्रम गरिने भएको छ । आज जेसीज भवन हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कात्तिक ६ गतेदेखि कात्तिक ९ गतेसम्म हुने विभिन्न कार्यक्रमहरुको विवरण सार्वजनिक गरेको छ ।

जेसीज सप्ताह २०२४ अन्तर्गत कात्तिक ६ गते साइक्लिङि प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ७ गते शैक्षिक सामग्री वितरण, ८ गते रक्तदान कार्यक्रम, स्लो मोटरसाईकल प्रतियोगिता र लागूऔषध विरुद्धको सचेतना कार्यक्रम गरिने हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठका अनुसार जेसीज सप्ताह २०२४ को समापन कार्यक्रम कात्तिक ९ गते रिगल रिसोर्ट हेटौंडामा सम्पन्न हुने कार्यतालिका रहेको छ । जेसीजले आफ्ना बार्षिक कार्ययोजना अन्तर्गत विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*