६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी सम्पन्न

हेटौडा न्युज
३० आश्विन २०८१, बुधबार १३:४७
;

मकवानपुर । “साइवर सुरक्षा बारे फैलाउदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश” भन्ने मूल नाराका साथ ६९ औं प्रहरी दिवस–२०८१ देशैभर विविध कार्यक्रम गरी मनाईएको छ । प्रहरी सङ्गठन स्थापनाकालको बर्षगाँठमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले पनि मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख उपस्थितिमा विभिन्न कार्यक्रम गरेको छ ।

प्रहरी दिवसको अवसरमा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली दिदैं आश्रित परिवारका सदस्यलाई सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा उत्कृष्ट अनुसन्धानकतार्मा प्रहरी निरीक्षक कृष्ण गिरी, उत्कृष्ट विपद व्यवस्थापनमा प्रहरी उपरीक्षक बसुन्धरा खड्का, नागरिक सहायता कक्षको उत्कृष्ट व्यवस्थापनमा प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, उत्कृष्ट वाह्‍य प्रशिक्षकमा असई कर्णबहादुर तामाङ, उत्कृष्ट प्राविधिकमा असई नवराज कार्की, उत्कृष्ट विपद व्यवस्थापनमा प्रहरी हवल्दार शम्भु बोहरा, उत्कृष्ट प्रहरी कार्यमा प्रहरी हवल्दार सुरेन्द्र साहतेलीलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी निरीक्षक रामबहादुर हायू र जेष्ठ प्रहरी कर्मचारीमा ८४ बर्षीय पूर्व असई रामसिंह तामाङलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रहरीलाइ प्रभावकारी एवं व्यवस्थित बनाउने कार्यमा प्रदेश सरकार अभिभाकत्वको भूमिका निर्वाह गर्दै आएको धारणा व्यक्त गरेका थिए । त्यस्तै, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले विभिन्न सरोकारवाला निकाय तथा आमनागरीकसँग सहयोग, समन्वय र रचनात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रममा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी खेलाडीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, प्रमुख सचिव श्री डा. हरि प्रसाद लम्साल, हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी श्री तीर्थराज चिलुवाल, विभिन्न संघसंस्थाका प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*