बेल्जियममा फूल्यो “प्रवासका फूलहरु”

हेटौडा न्युज
२१ आश्विन २०८१, सोमबार १६:११
;

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फूलहरु” को हिजो आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा बेनेलक्सकालागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटासहितले पुस्तक विमोचन गरेका हुन् ।


पुस्तकमा विदेशिएका नेपालीहरुको भोगाई, सङ्घर्ष र सफलतालाई समेटिएको छ भने, नेपाली भाषा, कला, साहित्य, संस्कृति, नेपाली मौलिक पहिचानलाई विश्वमा फैल्याउन पुर्याएको योगदानलाई पुस्तकमा समेटिएको लेखक गौतमको भनाई छ । करीब १८ महिना लगाएर युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीतिले पारेको प्रभावलाई उनीहरुको वास्तविक भोगाई समेटेर कथाको रुप दिईएको लेखक गौतमले बताएका छन् । हेटौंडाको किताबघर वितरक रहेको “प्रवासका फूलहरु” पुस्तकमा हयग्रीव आचार्यको भाषा सम्पादन, सम्प्रस पौडेलको सम्पादन, श्रीराम दाहाल र विना देवकोटाको श्रुति लेखन, लेआउट डिजाइन आकृति कृयशनको रहेको छ । प्रत्यक्ष अन्तर्वातामा आधारित पुस्तक “प्रवासका फूलहरु” केहीदिनमा नै बजारमा आउने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*