हेटौंडामा ११ करोडको सुनसहित २ जना पक्राऊ

हेटौडा न्युज
१९ आश्विन २०८१, शनिबार १०:४७
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज बिहान झण्डै सवा ८ किलो अबैध सुनसहित २ जनालाई पक्राऊ गरेको छ । अबैध सुन मकवानपुर हुँदै आएको पूर्वसूचना आएपछि मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्कासहितको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५, रातोमाटे प्रहरी चेक पोष्टबाट २ जनालाई सुनसहित नियन्त्रणमा लिएको बताईएको छ । बाराको पथलैयातर्फबाट हेटौडा आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा आएका भारत महाराष्ट्र पुजारवाडीका २५ बर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार सोही जिल्लाका २७ बर्षीय राहुल भिट्टिहाल बाडलाई खानतलाशी गर्दा शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको अबैध सुन बिस्कुट आकारको ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम फेला पारेको थियो ।

नियन्त्रणमा लिईएको सुनको आजको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैया ६ सय ५० पैसा रहेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सुनसहितका २ जनालाई अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने तयारी गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*