सिस्नेरीमा पहिरोमा ६ विद्यार्थी पुरिएको आशङका, प्रहरी चौकी बगायो

हेटौडा न्युज
१२ आश्विन २०८१, शनिबार १२:५५
;

मकवानपुर । सिस्नेरीमा एन्फाको प्रशिक्षणमा रहेका मध्ये ६ विद्यार्थीहरु सम्पर्क विहिन भएका छन् । हिजो रातिदेखिको अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु वेपत्ता भएका हुन् । वेपत्ता भएकाहरु पहिरोमा पुरिएको आशङ्का गरिएको छ । एन्फाले सिस्नेरीमा ४० विद्यार्थीलाई प्रशिक्षणका लागि राखेको थियो । थप विद्याथी भने सकुशल रहेका छन् ।त्यस्तै, इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३, सिस्नेरीमा बाढीले ३० घरटहरा बगाएको छ भने, खानीखेतका २८ घर डुबानमा परेको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जनाएका छन् । अध्यक्ष पुडासैनीका अनुसार आफू असहले कुलेखानी ड्याम क्षेत्रमा रहेको र पालिका सबैजसो वडामा भएको क्षति भएको जनाएका छन् ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय भवनसमेत बाढीले बगाएको जनाएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडाबाट काठमाडौं तर्फ जाने कान्तिलोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली, फाखेल–फर्पिङ, मातातीर्थ–थानकोट र त्रिभुवन राजपथ सबै अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*