कवि यशको ‘बहिष्कृत आवाज’ सार्वजनिक

हेटौडा न्युज
६ आश्विन २०८१, आईतवार १०:४२
;

मकवानपुर । मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ हेटौंडामा सार्वजनिक भएको छ । बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ । साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कविता सङ्ग्रह सार्वजनिक भएको हो ।

सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गरिएको कवि लामाले बताएका छन् । कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए। साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कविता सङ्ग्रहको मूल्य ३५० रहेको छ भने एम्बिसन गुरू मोबाइल एप्लिकेसनमार्फत् इ–बुक तथा श्रव्य कविता समेत सुन्न सकिनेछ । कवि लामा पेशाले शिक्षक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*