चैत २ गतेबाट हेटौंडामा प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने

हेटौडा न्युज
३० फाल्गुन २०८०, बुधबार १७:२७
;

मकवानपुर । हेटौंडामा आउँदो चैत २ गतेबाट ६ गतेसम्म आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा हुने प्रदर्शनीमा महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री हुने समितिकी सभापति अंकिता सुमार्गीले जानकारी दिएकी छिन् ।

“पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता” भन्ने मूल नाराका साथ गर्न लागिएको प्रदर्शनीमा ३ दर्जन स्टलहरु रहने बताईएको छ । प्रदर्शनीमा १० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताएका छन् । प्रदर्शनी अवधीभर महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तक्रिया, , स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*