चार महिनामा १२ अर्बको तरकारी नेपाल भित्रियो
नेपालीको भान्सामा अधिकांश तरकारी भारतीय
मकवानपुर । गत साउन देखि गत कात्तिक मसान्तसम्मको ४ महिनामा नेपालमा करीब १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी नेपाल भित्रिएको जनाएको छ । यस अवधिमा नेपालबाट ४२ करोड ८९ लाख रुपैयाँको तरकारी मात्रै निर्यात भएको छ । यस हिसाबले नेपालले ११ अर्ब ४४ करोड रुपैयाँको तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले जनाएको छ । तरकारी आयात निर्यातबाट नेपालले २ अर्ब २ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।