भेप सुन प्रकरणः प्रतिवेदन सीआईबीमै फिर्ता

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन तस्करी सम्बन्धि प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले पुनः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मै फिर्ता पठाएको छ । सीआईबीको अनुसन्धानमा आरोपित राहुल महरासहितका प्रतिवादीलाई थप बयान गर्नु पर्ने देखिएकाले फिर्ता पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी न्यौपानेले जानकारी दिएका छन् ।
विमानस्थल भन्सार कार्यालयको गोदामबाट भेप चोरी प्रकरणमा राहुल महराको संलग्नता भए–नभएको बारे थप अनुसन्धान, बयान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन समेत दिएको छ ।
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर सिआईबीले मुद्दा दायर गर्न राय सुझावसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।