नगरपालिकालाई आज थकाई लाग्यो
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको छ । हिजो बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा आज आश्विन ४ गतेका लागि थकाई बिदा दिएको हो ।
संविधान दिवसका अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ गरेको थियो ।
नयाँ भवनमा व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले आज बिहीबार बिदा दिएको नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाले आजको विदा नगरपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय, पालिका भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा समेत बिदा हुने सूचनामा उल्लेख गरेको छ ।
सूचना: