हेटौंडामा सडक विस्तारको सूचनाले तरङ्ग

क्षतिपूर्तिको माग गर्दै स्थानीय विरोधमा, सडक विस्तारको समर्थनमा हेटौंडा उपमहानगर
हेटौडा न्युज
२४ असार २०८०, आईतवार १४:३८
;

मकवानपुर । पूर्वपसिश्चम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर घरधनी र व्यवसायीहरुले सडक डिभिजन कार्यालय घेराऊ गरेका छन् । सडक विभागले सडक विस्तार गर्ने सूचना प्रकाशित गरेपछि प्रभावितहरुले सडक कार्यालय घेराऊ गरेका हुन् । सडक ऐन २०३१ अनुसार पूर्वपश्चिम राजमार्गको रेखाङ्कन सडकको केन्द्रबाट २५/२५ मिटर कायम गरेको छ । ८ बर्ष अघि सडक डिभिजन कार्यालयले २५ मिटर सिमा भित्र पर्ने स्थानमा घरटहरा भत्काउन शुरु गरेपछि स्थानीयहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले सडक ऐन २०२१ अनुसार सडकको केन्द्रबाट २५/२५ गज विस्तार गर्न सकिने र सो क्षेत्रमा पर्ने घरटहरा निर्माण गर्दाको बखत गरिएको अनुसार गर्ने फैसला गरेको छ ।

तर, आफूहरुलाई क्षतिपूर्ति, व्यवस्थापन नगरी सडक विस्तार गरिएमा प्रतिकार गर्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले बताएका छन् । घरधनीहरुलाई क्षतिपूर्ति, व्यवसायीहरुको उचित व्यवस्थापनसहितको ज्ञापनपत्र समेत डिभिजन सडक कार्यालयलाई दिईएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादवले भने, अदालतको फैसलालाई कार्यान्वयनमा लगिएको र घरधनी, व्यवसायीहरुको मागलाई सम्बन्धित निकायमा पठाउने र माग सम्बोधन गर्ने नगर्ने ती निकायको कुरा हो, तर ३५ दिन पछि सडक विस्तारको काम भने नरोकिने बताएका छन् ।

सडक विस्तारका सम्बन्धमा हेटौंडा उपमहानगरले आफ्नो नगरसभाबाट समेत सडक विस्तार गर्ने भन्दै यो विषय पारित गर्दै प्रभावितहरुलाई स्थानीय सरकारले समाधानका लागि समन्वय गर्ने धारणा सार्वजनिक गरिसकेको छ । यस भन्दा अघि पनि सडक विस्तारको विषयलाइ लिएर हेटौंडामा पटकपटक आन्दोलन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*