हेटौंडा बजारको सडक विस्तार गर्ने उपमहानगरको निर्णय

हेटौडा न्युज
१६ असार २०८०, शनिबार १६:२८
;

मकवानपुर । सडक विस्तारको विषयमा राजनैतिक दलहरुवीच मतभिन्नता भईरहेको लामो समय भईरहेको छ । यसै बीच आज स्थानीय सरकार हेटौंडा उपमहानगरले सर्वसम्मत रुपमा सडक विस्तार गर्ने निर्णय गरेको छ ।

आज शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकमा सहभागी भएका सम्पूर्ण जनप्रतिनिधिले सर्वसम्मतरुपमा सडक विस्तार गर्ने निर्णय गरेका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा विभिन्न मतभेदहरु हुँदै आएको थियो ।

डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ गज सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो । सडक विस्तार पछि उत्पन्न हुने व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि हेटौंडा उपमहानगरले पहल र समन्वय गर्ने प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*