बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

हेटौडा–काठमाडौं रोपवे पुनः सञ्चालन हुने
हेटौडा न्युज
१४ जेष्ठ २०८०, आईतवार १७:०१
;

मकवानपुर । बागमती प्रदेश सरकारले आज आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारले १३० बुँदे आफ्ना कार्यक्रमहरुमा प्रत्येक निर्वाचन क्षेत्रमा १५ शैयाको अस्पताल, यूवा स्वरोजगारका लागि सीप र बीउपूजी दिईने, प्रदेश स्थानीय तहको एउटै सन्देश, बाल विबाहमुक्त बागमती प्रदेश, किसानलाई परिचयपत्रको व्यवस्था गरी व्यवसायिकताको आधार निर्माण गर्ने, एक निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखानाको निर्माण, एक विद्यालय, एक नर्स सबै विद्यालयमा पुर्याउने, हाल बन्द रहेको राणाकालिन हेटौंडा काठमाडौं रोपवे सामान ढुवानीका लागि पुन सञ्चालनमा ल्याउने, सन् २०२४ लाई बागमती प्रदेश भ्रमण बर्षको रुपमा मनाउने कार्यक्रम अघि सारेको छ ।

२०८५ सम्ममा प्रदेशका सबै स्थानीय तहका केन्द्रसम्म पुग्न पक्की सडकको स्तरोन्नति गरिने, प्रदेशका मुख्य शहर र लोक मार्गमा चार्जिङ स्टेशन निर्माण जस्ता कार्यक्रमहरु सार्वजनिक गरेको छ । सत्तापक्षले सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको दाबी गरेको छ ।

नेकपा एमाले, राप्रपा, नेककिपाले भने, सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरु परम्परागत भएको, पूरा गर्न नसकिने महत्वकांक्षी रहेको आरोप लगाएको छ । सरकारले गर्नै नसक्ने कामलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेकाले जनतालाई झुक्याउन ल्याईएको नीतिको कुनै काम नभएको नेमकिपाको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*