जनवादी गायक रामेश सम्मानित

भूमिगत कालमा सँगै हिडेका दलका नेताले बिर्सिए
हेटौडा न्युज
४ चैत्र २०७९, शनिबार १६:४१
;

मकवानपुर । जनवादी गायक रामेश श्रेष्ठलाई आज हेटौंडामा सम्मानित गरिएको छ । प्रगतिशील लेखक संघ, मकवानपुरले आज गायक श्रेष्ठलाई नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ द्वारा उनलाई सम्मान गरिएको हो ।

२०४६ साल अघि तत्कालिन पञ्चायती व्यवस्था विरुद्ध भूमिगत रुपमा जनतालाई गीतसंगीतको माध्यमबाट जनचेतना फैल्याउने काममा लागेका गायक श्रेष्ठ प्रजातन्त्र आएपछि भने उपेक्षामा परेका छन् । सम्मान कार्यक्रममा तत्कालिन व्यवस्थाको विरुद्ध सँगसँगै हिडेका हाल शासन सत्तामा पुगेका राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई विर्सिदैं गएको चर्चा गरिएको थियो । गायक श्रेष्ठको गाउँगाउँबाट उठ् वस्तीवस्तीबाट उठ्, रक्तक्रान्तिको ज्वालामूखीले, गरीबको चमेली बोल्दिने कोही छैन जस्ता गीतहरु चर्चित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*