प्रदेश मन्त्रीलाई संघको सम्मान

हेटौडा न्युज
१७ माघ २०७९, मंगलवार १९:५७
;

मकवानपुर । पुरानो नारायणी संघले आज एक विशेष कार्यक्रम गर्दै मकवानपुर जिल्लाबाट गत मंसिर ४ मा प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यलाई सम्मान गरेको छ ।

संघले आज प्रदेश सभामा निर्वाचित भई बागमती प्रदेश सरकारमा रहेका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र सामाजिक विकास मन्त्री कुमारी मुक्तानलाई संयुक्त रुपमा कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेको थियो ।
मन्त्री श्रेष्ठ मकवाानपुर क्षेत्र नम्बर १ को ख बाट र मन्त्री मुक्तान मकवाानपुर क्षेत्र नम्बर २ को क बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको सममान कार्यक्रममा महासचिव सरोजकुमार खनालसहित संघका पदाधिकारी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । संघले यातायात व्यवसायीहरुको हितमा कार्य गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*