रास्वपाको कार्यवाहक सभापतिमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सर्वोच्च अदाललको फैसलापछि शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता डा। मुकुल ढकालले बताउछन् । बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो ।
उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन् ।बैठकमा रवि लामिछाने उपस्थित भएनन् । बैठकले आजको सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ । नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो । लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग भएका छन्