बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए सपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

हेटौडा न्युज
११ माघ २०७९, बुधबार १५:३३
;

मकवानपुर । बागमती प्रदेश सरकारले आजबाट पूर्णता पाएको छ । अघिल्लो सरकारको पालामा १४ मन्त्रालय भएको बागमतीमा मुख्यमन्त्री शालिकराम जमरकट्टेलको सरकारले ३ मन्त्रालय मर्ज गरेको छ ।
हाल ११ मन्त्रालय हुने व्यवस्था अनुरुप प्रदेश सरकारले पूर्णता पाएको छ । आज प्रदेश प्रमुख कार्यलय हेटौँडामा भएको कार्यक्रमबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आजबाट भएको मन्त्री परिषद विस्तारमा माओवादी केन्द्रले ४, एमालेले ४ र राप्रपाले ३ मन्त्रालय पाएको छ ।

यस्तो छ मन्त्री हुनेहरुको नाम

माओवादी केन्द्र
१ शालिकराम जमरकट्टेल मुख्यमन्त्री
२. युवराज दुलाल , भौतिक पूर्वाधार
३. गंगा नारायण श्रेष्ठ, आन्तरिक मामिला
४. कुमारी मुक्तान, सामाजिक विकास

एमाले
१ जगन्नाथ थपलिया, आर्थिक मामिला
२. एकालाल श्रेष्ठ, श्रम रोजगार
३. रामेश्वर श्रेष्ठ, स्वास्थ्य
४. केशब पोखरेल, कृषि तथा पशुपक्षी

राप्रपा
१. उद्धव थापा, खानेपानी, उर्जा
२. डम्बर तामांग, पर्यटन
३. राजु विष्ट, वन तथा वातावरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*