बागमतीको मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन । ११० सांसद रहेको बाग्मती प्रदेशमा ६ दलका १०५ सांसदले बिश्वासको मत दिएका छन । उनलाई नेपाल मजदुर किसान पार्टीका तीन सांसदले बिश्वासको मत दिएका छैनन ।
संविधानको धारा १८६ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले बिश्वासको मत लिएका हुन ।
पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । संघीय सरकारमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि बागमती प्रदेशमा समेत कांग्रेसले बिश्वासको मत दिएको हो ।