भदौ २० गतेसम्म उम्मेद्वारको नाम पठाउन एमाले बागमती प्रदेशको निर्देशन

हेटौडा न्युज
१४ भाद्र २०७९, मंगलवार ११:५८
;

हेटौँडा । आउँदो मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेद्वारको नाम प्रस्ताव गरि पठाउनको लागि नेकपा एमाले बागमती प्रदेश कमिटिले निर्देशन दिएको छ ।

बैठकले पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेको मापदण्ड र सिमा भित्र रहेर उम्मेद्बारको सिफारिस गर्नुपर्ने तथा सिफारिसको लागी भएको बैठकको निर्णयको प्रतिलिपी र प्रस्तावित उम्मेद्बारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक राय सहित यही भदौ २० गते भित्र उमेदवारको सुची प्रदेश कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरेको प्रदेश सहसचिव महेशकुमार बर्तौलाले बताए ।

बागमती प्रदेश संगठन कमिटीको पदाधिकारी बैठकले बागमती प्रदेश भरमा रहेका सबै प्रतिनिधि र प्रदेशसभा क्षेत्रमा समन्वय कमिटि निर्माण गर्ने समेत निर्णय गरेकेो छ । बैठकले बागमती प्रदेशको ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख समेत रहेका बर्तौलाले जानकारी दिए । बैठकले आगामी भदौ १५ गतेभित्र समन्वय कमिटि निर्माण गरिसक्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*