काङ्ग्रेसका उपसभापति गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगियो

हेटौडा न्युज
१६ असार २०७९, बिहीबार १०:५२
;

मकवानपुर । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

उपसभापति गुरुङ चढेको गाडी रामेछापको गोगनेमा अचानक सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको ओट लागेर दुर्घटना हुनबाट जोगिएको हो । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लेर खोल्सामा झर्न लाग्दा अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठुलो घटना हुनबाट जोगिएको उपसभापति गुरुङले बताए । उनीसँगै सवार सबै सुरक्षित रहेको उनले बताए ।

पत्नी वियोगमा रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारलाई ओलखढुंगाको खिजिदेम्बामा भेटेर फर्किने क्रममा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको गोगनेपनी चौरनेर गाडी चिप्लिएर सडकमुनी खस्न लाग्दा जोगिएको काङ्ग्रेस नेता रत्न कार्कीले बताए ।–नेपालप्रेस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*