पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।
सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत्पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।