सभापति निरौलाको आशंका: एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन?

हेटौडा न्युज
५ असार २०७९, आईतवार १४:१३
;

मकवानपुर । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् ।

समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् । उनले भनिन् ‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन ।

सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौं । ’समितिको आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उनी अनुपस्थित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*