(एसपीपी)को च्याप्टर क्लोज: मन्त्री खड्का

मकवानपुर । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुङ्गिसकेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले बताएका छन् ।
मन्त्री खड्काले प्रधानमन्त्री र सेनाले समेत (एसपीपी) अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको बताए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै मन्त्री खड्काले (एसपीपी) राष्ट्रिय हितमा नभएको भन्दै सम्झौता अघि नबढाउने बताए ।