रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु

हेटौडा न्युज
२२ जेष्ठ २०७९, आईतवार १०:२४
;

मकवानपुर । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । भने २३ जना घाइते भएका छन् । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*