मतगणना नसकिदै काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी

हेटौडा न्युज
११ जेष्ठ २०७९, बुधबार ११:४२
;

मकवानपुर । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डङ्गोलले जित हासिल गरेका छन् ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो । पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी काङ्ग्रेसकी सिर्जना सिंहसँग २० हजार १ सय ९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९ हजार ६ सय ४९ मत मात्रै गन्न बाँकी छ ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ४४ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*