बुद्धचोकमै आगो बालेर विद्यार्थीहरुले चिया पकाए

मकवानपुर । सरकारले ईन्धनमा गरेको मुल्यवृद्धि विरुद्ध नेकपा एमालेनिकट अनेरास्ववियु, राष्ट्रिय युवा संघ लगाएत जनवर्गिय संगठनहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगाएत जनवर्गिय संगठनहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले महँगीविरुद्ध विभिन्न प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरुले विरोध स्वरुप बुद्धचोकमै आगो बालेर चिया समेत पकाएका थिए ।