यो मेरो अन्तिम कार्यकाल हो: रेनु दाहाल

मकवानपुर । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।
मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् । स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि आफुले अवसर पाएको दाहालले बताईन् । भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।
आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् । उनले आफ्नो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित हुने पनि उनले बताइन् ।