भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी

मकवानपुर । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् ।
उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार सय ५८१ मत पाएका छन् ।
यसैगरी नेपाली काङ्ग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाएका छन् । उपमेयर पदमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १ सय ९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६ सय १२ मत परेको छ ।