भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले गरे पदभार ग्रहण

मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पदभार ग्रहण गरेका छन् ।
आज पदभार ग्रहण पछि लामाले आफुहरु गाउँपालिकाबासी जनताको सेवक भएर काम गर्ने बताएका छन् । लामाले आफुले आघिल्लो कार्यकालमा सुरु गरियको अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्ने मुल योजना रहेको पनि बताए ।
पदभार ग्रहणमा लामाले आफू समग्र पालिकाबासिको अभिभावक भएकोले पक्षरहित ढङ्गले काम गर्ने पनि बताए । अध्यक्ष लामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका थिए । गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा दास्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।