सबैलाई समेटेर अघि बढ्छु: मेयर लामा

हेटौडा न्युज
९ जेष्ठ २०७९, सोमबार १०:४८
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मिना लामाले सबैलाई समेटेर अघि बढ्ने बताएकी छिन ।

आज हेटौंडामा भएको सपथग्रहण कार्यक्रमाम बोल्दै लामाले चुनाव प्राविधिक विषय रहेको भन्दै अब सबैको साथ र सहयोगमा काम गर्ने बताइन । सबै दलको घोषणापत्र अनुसार काम गर्ने भन्दै लामाले सहकार्यमानै नगरको विकास गरिने बताइन् ।

स्थानीय तहको निर्वाचनमा गठवन्धनको तर्फबाट मेयरमा लामा तथा उपमेयरमा राजेश बानीया बिजयी भएका थिए । १९ वट वडा रहेको हेटौंडामा ९ वटा वडामा एमाले, ८ वटामा काङ्ग्रेस तथा एक–एक वडामा माओवादी केन्द्र र एकीकृत समाजवादी विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*