हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधीहरुले गरे सपथग्रहण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले आज सपथग्रहण गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराएका हुन् । त्यसैगरी मेयर लामाले उपमेयर राजेश बानियाँ, १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराईन् ।
सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभाका सदस्य प्रलाद लामिछाने, गोविन्दराम चेपाङ, शेरबहादुर पहरी, प्रदेशसभाका मुख्यसचेतक मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय सममिति मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाको आतिथ्यता रहेको थियो ।