१ लाख बढी मत गन्दा रेनुले ल्याईन् ४३ हजार ७ सय ४३ मत

मकवानपुर । भरतपुर महानगरपालिकाको मेयरमा एक लाख ६ हजार २ सय २५ मत गणना हुदाँ गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४३ हजार ७ सय ४३ मत प्राप्त गरेकी छिन् ।
भरतपुर महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । सोमवार बिहानसम्म १ लाख ६ हजार २ सय ५ मत गणना भइसकेको छ । अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । हाल सम्म महानगरको मेयरमा रेनु दाहालले ४३ हजार ७ सय ४३ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । यस्तै उपप्रमुखमा गठबन्धनका चित्रसेन अधिकारीले ४५ हजार ७४, राप्रपाकी हिमला गुरुङले २६ हजार ७ सय ४९ मत ल्याएकी छिन् ।